पार्टीको मतभेदलाई अतिरञ्जित ढंगले नबुझौँ : नारायणकाजी



काठमाडौं,फागुन १९ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी भित्रको मतभेद र अन्तरविरोधलाई अतिरञ्जित ढंगले नबुझ्न अनुरोध गरेका छन् ।

अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएपछि देखिएको पार्टीको मतभेदलाई अविभिन्न ढंगले प्रचार भइरहेको भन्दै उनले यस्तो बताएका हुन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल भइरहेको उनको भनाइ छ । प्रचण्डसँगै अन्य पार्टीको नेतृत्वमा रहेका साथीहरुसँग छलफल भएको उनले प्रष्ट पारेका छन् ।

‘हाम्रो पार्टी भित्र देखिएको मतभेद र अन्तर्विरोध लाई लिएर विभिन्न सञ्चार माध्यममार्फत विभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा विषयलाई अतिरञ्जित ढङगले नबुझ्न सबैसँग अनुरोध गर्दछु’, श्रेष्ठले सामाजिक संजाल फेसबुकमा लेखेका छन् , ‘अध्यक्ष प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडसँग पनि छलफल भैरहेको छ।’

प्रतिक्रिया दिनुहोस्