नारायणीमा डुबेर दुई बालकको मृत्यु



चितवन,फागुन १९ । नारायणी नदीमा पौडी खेलेका दुई बालकको मृत्यु भएको छ ।

भरतपुर–७ विकासचोकका १० वर्षीय बिदान गौतम र हाल परिचय नखुलेका अन्दाजी १२ वर्षीय बालकको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो ।दिउँसो दुई बजेतिर भरतपुर–३ स्थित नारायणी नदीको किनारमा जमेको पानीमा खेल्दा पौडी खेल्दा डुबेको अवस्थामा देखेपछि स्थानीयले उनीहरूको उद्दार गरेका थिए ।

उपचारको लागि भरतपुर अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेको अधिकारीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्