कोरोनाबाट मृत्यु भएका परिवारले पाए राहत



प्युठान,फागुन २० । प्युठानको सरुमारानी गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई जनही ३५ हजार रुपियाँ उपलब्ध गराएको छ ।

गाउँपालिकाले १२ जना मृतकका परिवारलाई रकम सहयोग गरिएको अध्यक्ष झग बहादुर बिश्वकर्माले जानकारी दिए ।गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रमको समाबेश गाउँसभाबाट विनियोजित ५ लाख रुपियाँ रकमबाट उनिहरुलाई राहत प्रदान गरिएको हो ।

कार्यपालिका बैठकबाट निणर्य गरी राहतस्वरूप रकम उपलब्ध गराइएको उनको भनाइ छ । मृतकको रिपोर्ट, परिवारका सदस्यको नागरिकताको फोटोकपी र वडाको सिफारिसका आधारमा मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले बताए । उनका अनुसार कोभिड १९ बाट मृत्यु भएका १३ मध्ये एकजनाको कागजी प्रक्रीया नपुगेका कारण रकम भुक्तानी नगरिएको हो ।

प्रतिक्रिया दिनुहोस्