नुवाकोटको विदुरमा सुलभ तरकारी तथा फलफूल बजार सञ्चालनमा आयो



नुवाकोट,फागुन २० । नुवाकोटमा सुलभ तरकारी तथा फलफूल बजार खुलेको छ । विदुरमा सञ्चालित सो तरकारी तथा फलफूल बजार जिल्ला सहकारी संघ नुवाकोटले सञ्चालनमा ल्याएको हो । 

शुक्रबार एक कार्यक्रम बीच सो सुलभ तरकारी तथा फलफूल बजारको जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्ण न्यौपानेले उद्घाटन गरेका हुन् । जिल्लामा उत्पादित तरकारी तथा फलफूलको उचित मूल्यमा बिक्री–वितरण गर्ने उद्देश्यले वजार शुरु गरिएको अध्यक्ष न्यौपानेले बताए । तरकारी बजारमा किसानले उचित मूल्यमा तरकारी विक्री गर्न सक्ने र उपभोक्ताले सुलभ मूल्यमा खरिद गर्न सक्ने न्यौपानेले बताए । 

संघले लकडाउनको अवधिमा घुम्ती रुपमा सञ्चालन गरेको सुलभ तरकारी तथा फलफूल बजारलाई संघकै भवनबाट स्थायी रुपमा संचालन आरम्भ गरेको हो । कोरोना सक्रमण, रोकथाम र नियन्त्रण गर्न गरिएको लकडाउनले जिल्लामा उत्पादित तरकारी तथा फलफूल बारीमै कुहिने अवस्था र उपभोक्ताले सहज मूल्यमा नपाउने समस्यालाई समाधान गर्न संघले अघिल्लो लकडाउनबाट घुम्ती तरकारी बजार संचालनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्