सिन्धुपाल्चोकमा जेसीबी दुर्घटनामा सहचालकको ज्यान गयो

सिन्धुपाल्चोक,फागुन २० । सिन्धुपाल्चोकमा जेसीबी दुर्घटना भएको छ । सो दुर्घटनामा सहचालकको ज्यान गएको छ ।
सिन्धुपाल्चोकस्थित सागाचोक गढी वडा नम्बर १२ मा सो सेसीबी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने जेसीबी सहचालक महोत्तरी घर भएका रोहित आलेमगर रहेका छन् ।
निर्माणाधीन मध्य पहाडी लोक मार्ग निर्माणका क्रममा बा २ क ६६१८ नम्बरको जेसीबी सडकबाट झण्डै सय किलोमीटर तल खसेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।