कपिलबस्तुमा आमाले गरिन् १२ वर्षीया छोरीको हत्या



कपिलवस्तु,फागुन २१ । कपिलवस्तुमा आमाले आफ्नै छोरीको हत्या गरेकी छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं १ उत्तमनगरमा सिता नेपालीले आफ्नै १२ बर्षीया छोरीको हत्या गरेकी हुन् ।

छोरीको हत्यापछि शव लुकाउन हिडेकी आमा नेपालीलाई गोप्य सुचनाको आधारमा शसस्त्र प्रहरी व्यास क्याम्प पिपरा अगाडि पक्राउ गरेको जनाईएको छ ।

उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा लैजान खाजेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शंकास्पद देखिएको बताए । उनले घटनाबारे थप अनुसन्धान भईरहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्