एकीकृत समाजवादीको सरुमारानी पालिका कमिटि एमालेमा समाहित



प्युठान,फागुन २१ । प्युठानकाे एकीकृत समाजवादीको सरुमारानी पालिका कमिटी एमालेमा समाहित भएकाे छ । नेकपा एकीकृत समाजवादी प्युठानका जिल्ला उपाध्यक्ष मोहम्मद हलिम हलुवाईको नेतृत्वमा १५३ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रबेश गरेका हुन्। यससंगै हलुवाईको नेतृत्वमा सिङ्गो पालिका कमिटी नै एमालेमा समाहित भएको छ ।

हलुवाईसंगै पार्टीका जिल्ला सदस्य भानुभक्त भुसाल, युवा बिद्यार्थीका नेताहरु एमालेमा प्रबेश गरेको नेकपा एमाले सरुमारानी गाउँपालिका कमिटी अध्यक्ष वसन्त जिसिले जानकारी दिए ।

उनीहरूलाई एमाले पाेलिटब्युराे सदस्य सूर्य थापा, केन्द्रीय सदस्य हरि रिजाल,प्रदेश सदस्य धनबहादुर रायमाझी, जिल्ला अध्यक्ष बिजय विराज विष्टले एमालेमा प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्