दमौली बजारमा भीषण आगलागी : सात घर जलेर नष्ट

तनहुँ,फागुन २२ । तनहुँकाे दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली बजारमा रहेको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो ।
विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रङ्ग भएकाले सल्केको आगो छिट्टै फैलिएको प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए ।
उनकाअनुसार आगो निभाउनका लागि काठमाण्डौदेखि पानीसहित सिम्रिक एयरको हेलिकप्टर उडिसकेको छ । यस्तै, आगोलाई फैलनबाट रोक्न डोजरले घर भत्काउने काम पनि अगाडि बढेको बताइएको छ ।