पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

तनहुँ,फागुन २२। नाबालिग गायिकामाथि जवर्जस्ती करणी गरेको अभियोग लागेका पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अदालतले शाहलाई थप १२ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
शाह पक्राउ परेपछि अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
१७ वर्षीया गायिकाले आफूलाई जवर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि पल शाह पक्राउ परेका थिए ।