श्रीमानद्वारा श्रीमतीलाई तेजाब प्रहार

भक्तपुर,फागुन २२ । भक्तपुरमा एक महिलामाथि तेजाब प्रहार भएको छ। सूर्यविनायक–४, गाम्छा की ६० वर्षीय पूजा गुभाजुलाई आइतबार साँझ उनका श्रीमानले हानिकारक रसायन तेजाब प्रहार गरेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
प्रमुख जिल्ला अधिकारी शर्मा भन्छिन्, “तेजाब हो की अन्य केमिकल अनुसन्धान भइरहेको छ ।”
गम्भिर घाइते गुभाजुलाई कीर्तिपुर अस्पतालमा पुर्याइएको छ। इमर्जेन्सीमा उपचार भइरहेको अस्पतालले जनाएको छ।