नुवाकोटमा खसी चोर पक्राउ, रातभर स्थानीय बने पहरेदार



नुवाकोट,फागुन २३ । तपाईंको घरगोठ सुरक्षित छन कि छैनन्? कतै गाई वस्तु हो यतिको भए चलिहाल्छ भनेर सोच्ने गरेको त हुनुहुन्न? यदि घरगोठको ब्यवस्थापनलाई हलुका रुपमा लिनुभएको छ भने सोच्न बाध्य बनाएको छ एक घटनाले । घटना जिल्लाको छहरे बजारमा घटेको घटना हो । सुदुर वस्तीको एकान्त घरमा घटेको होइन ।

घटना लिखु गाउँपालिका वडा नम्बर ६ छहरे बजार नजिकै स्थानीय हेमन्त लामाको घरमा मध्यरातको समयमा एकाएक खसी ठुलो स्वरले करायो। कुनै चलदृश्यको छायांकन गरे झै खसी बोकेर बाइक हुइकियो । मध्यरातमा हेमन्तले हारगुहार गरे । अबेरसम्म ननिदाएका छहरे बजारका युवा ब्यवसायी प्रेम डङोलसहित अन्य केही युवा खसी खोजी गर्न सडकमा मोटरसाइकल लिएर निस्किए । सबैभन्दा सजिलो उपाय नाका क्षेत्रमा हाईवे हुँदै काठमाडौ प्रवेशद्वारका ठाउँ ठाउँमा फोन गरिहाले युवाहरुले।

भर्खरै न्यानो निद्राको काखमा निदाउन लागेका होटल थानाभञ्ज्याङ्का रितबहादुर गुरुङ (पूर्व हवल्दार ) को मोबाइलमा निरन्तर घण्टी बज्यो। फोनमा आत्तिएर खसी धनिले गुहार मागे,गाउँघरमा एउटा खसी बिक्री गरी नुन तेल भुटुनको व्यवस्थापन हुँदै आएको धेरैको जीवनमा मेल खान्छ । साझापथसंगको कुराकानीमा पूर्व हवल्दार गुरुङ चोरीएको खसी कस्ले कताबाट ल्याउदैछ टर्चलाईट लिएर सडकमा निस्किए।

पुराना दिनहरूमा रातको समयको ड्युटी समय स्मरण गर्दै सुनसान सडकमा निस्किएका पूर्व हवल्दारले भने- ‘समय नराम्रो चलेको पनि हुनसक्छ भनी छोरा नारायण गुरुङलाई पनि बोलाए ।’ एकान दुकान मैदान हुँदै थानाभञ्ज्याङ् क्षेत्रका युवा सडकमा स्टाण्ड बाई उभिए । रातको झण्डै १:३० बजेतिर मोटरसाइकल बेतोडसंग हुकिदै आइपुग्यो । योजनापूर्वक खसी चोरीएको रहेछ गुरुङले भने । सुनखानी झर्ने ओरालो नजिकै हाइवेमा मोटरसाइकलको लाइट देखियो । युवाहरूले अनुसन्धान अगाडि बढाए, प्रहरीलाई खबर गरे । हराएको झन्डै १ वर्षको खसी लामाले फिर्ता लिन सफल भए, आश्चर्य होइन हर्षित बने लामा ।

एक खसी चोरलाई स्थानीयको सहयोगमा पक्राउ गरिसकिएको छ । यद्यपि जिल्ला प्रहरी कार्यालय नुवाकोटले भने सबै कुरा गोप्य राखी अनुसन्धान अगाडि बढाइएको जनाएको छ । स्थानीय युवाको सहयोग र प्रहरीको कार्यकुशलताको सम्मान गर्दै आरोपितको नाम वतन गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्