वडा अध्यक्ष माथि कालाेमाेसाे र जुत्ताकाे माला



चितवन,फागुन २३ । कालिका नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष टिका रिजाललाई कलाेमाेसाे लगाएका छन् । ५/७ जनाकाे समुहमा आएका युवाहरूले अध्यक्षकाे कायकक्षमानै कालाे माेसाे र जुत्ताकाे माला लगाई दिएका हुन् ।

करिब ३:२० वजेकाे समयमा वडा अध्यक्षलाई कालाेमाेसाे लगाएका हुन् । उनिहरु माेसाे र जुत्ताकाे मला लगाएर फरार भएका छन् । अध्यक्ष रिजालले भुमि आयाेगले गर्न लागेकाे जग्गा बितरणमा मनाेमानी गरेकाे र बिकास निमाणमा समेत मनाेमानी गर्दै आएकाे आराेप लाग्दै आएकाे थियाे।

सुरुवात देखिनै बिबादित वनेका अध्यक्षलाई कालाेमाेसाे र जुत्ताकाे माला लगाउनेकाे खाेजिकार्य भईरहेकाे छ । रिजाल नेकपा एमालेबाट वडा अध्यक्ष टिकट पाएर बिजयी बन्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्