बलात्कार आरोपी पल शाहलाई गैंडाकोट पुर्याइयो



काठमाडौं,फागुन २४ । जबरजस्ती करणी अभियोगमा हाल तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासी लगिएको छ ।

मंगलबार शाहलाई बयानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको हो । उनीविरुद्ध तनहुँमै बलात्कारसम्बन्धी जाहेरी दिने १७ वर्षीया किशोरीले पूर्वी नवलपरासीमा पनि उजुरी दिएकाले बयानका लागि त्यहाँ पुर्याइएको हो । 

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले किशोरीको उजुरीबारे अनुसन्धानका लागि शाहलाई गैंडाकोट पु¥याइएको जानकारी दिए । शाहविरुद्ध गत फागुन १६ गते ती किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्