‘प्रथम टोखा मेयर कप’ कराते प्रतियोगिता शनिबार हुने



काठमाडौं,फागुन २४ । ‘प्रथम टोखा मेयर कप’ कराते प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगिता दोस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूहको हुने झोरस्थित कराते प्रशिक्षक विजय तामाङले बताए ।

प्रतियोगितामा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ । अनुशासनको महत्त्वपूर्ण क्षेत्र मानिने सो खेलकुद प्रतियोगितामा २०० भन्दा बढी सांस्कृतिक प्रतियोगिता समेत रहने प्रशिक्षक तामाङले बताए ।

फेडेरल क्योकुसिन अर्गनाइजेसन अफ कराते झोर डोजोको आयोजनामा हुने कार्यक्रम रोमाञ्चक हुने अपेक्षा खेलाडीहरुले राखेको बताउँछन् । कार्यक्रम झोरस्थित बौडेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्