पदमा रहुञ्जेल नेपाली जनताकै काम गरेर बस्ने मन्त्री आलेको अडान



काठमाडौं, फागुन २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफु पदमा रहँदासम्म नेपाली जनताकै काम गरेर बस्ने अडान व्यक्त गरेका छन् । उनले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने पनि स्पष्ट पारेका हुन् ।

शुक्रबार भएको नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको काठमाडौँमा आयोजित छैठौँ राष्ट्रिय सम्मेलनमा मन्त्री आलेले भने “म जति समय पदमा रहन्छु, त्यति नै समय देश र नागरिकका हितमा काम गर्छु । देश र नागरिकभन्दा मेरा लागि ठूलो कुरा अरु केही छैन ।”

मन्त्री आलेले दलित, जनजाती समुदाय राज्यको उत्पीडनमा परेकाले यो समुदायको उत्थानका लागि आफू सधैँ कटिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्