प्रथम टोखा मेयर कप कराते प्रतियोगिता सम्पन्न



काठमाडौं,फागुन २८ । प्रथम टोखा मेयर कप कराते प्रतियोगिता सम्पन्न भएको छ।

शनिबार टोखा नगरपालिकास्थित वडा नम्बर १ को बौडेश्वर माध्यमिक विद्यालयमा सो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र उपमेयर ज्ञानमाया डङोलले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै टोखा नगरका नगरप्रमुख प्रकाश अधिकारीले खेलाडीले देशको राजनितिसंगै थप क्षेत्रको उन्नतिमा महत्त्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रममा टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डङोल, वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी, झोर महाङकाल डोजोका प्रशिक्षक विजय तामाङ, विभिन्न डोजोका अतिथि डोजो प्रमुखहरु बौडेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक उत्तम अधिकारी, झोर महाङकाल विद्यालयका प्रधानाध्यापक हरिकृष्ण धिताल लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्