फाउन्डेसन नेपाल बुटवलको अध्यक्षमा वाग्ले
रुपन्देही,फागुन २९ । समाजिक सेवा समूह फाउन्डेसन नेपाल बुटवल साखाको अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट रोहित वाग्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति बनेको छ । शनिबार बुटवल स्थित अम्रपाली होटलको सभाहलमा सम्पन्न प्रथम अधिवेशनबाट वाग्ले निर्वाचित हुनुभएको हो ।
फाउन्डेसनको उपाध्यक्षमा विष्णु मगर र बालकृष्ण भण्डारी , सचिवमा मदन पोखरेल र कोषाध्यक्षमा विमल पन्थी सर्वसहमतिले चयन हुनुभएको हो ।

