प्रथम टोखा मेयर कप कराते प्रतियोगिताको यस्तो रह्यो रौनक



काठमाडौं,फागुन २९ । प्रथम टोखा मेयर कप कराते प्रतियोगिता सम्पन्न भएको छ । शनिबार टोखा नगरपालिका वडा नम्बर १ स्थित बौडेश्वर माध्यमिक विद्यालयमा एक समारोहका बीच प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख आतिथ्यता टोखा नगरपालिका मेयर प्रकाश अधिकारीको रहेको थियो । मेयर अधिकारीले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको सुरुवात गरेका थिए । त्यस्तै कार्यक्रममा बिशिष्ट आतिथ्यता टोखा नगरपालिका का उपमेयर ज्ञानमाया डंगोल को रहेको थियोे त्यस्तै नेपाल फुल कन्टायक्ट महासंघका अध्यक्ष दमन बस्नेत, फ्लोक नेपालका ब्रान्च चिफ तथा अध्यक्ष नबराज सेढाईको समेत कार्यक्रममा उपस्थिति रहेकोे थियोे ।

कार्यक्रममा उपस्थित अर्का बिशिष्ट अथिती टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले युवा जगतको आफ्नो वडा क्षेत्रमा मौलाएको खेलकुद मोहले आफुलाई हर्षानुभुति तुल्याएको बताए । कार्यक्रममा वडा क्षेत्रका बुद्धिजीवी, राजनीतिक दल प्रतिनिधिहरुको उपस्थिति थियोे । कार्यक्रममा बौडेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक उत्तम अधिकारी, झोर महाङकाल माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिकृष्ण धिताल लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा मन्तव्यका क्रममा आयोजक झोर महाङकाल डोजोका प्रशिक्षक प्रमुख बिजय तामाङले कार्यक्रमलाई सफल पार्न आफ्नो ज्यानको प्रवाह नगरी रास्ट्रको लागि आफ्नो ज्यान दिन तयार खेलाडी प्रति आफू कृतज्ञ भएको बताए ।

‘रास्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नारासहित सुरु भएको प्रतियोगितामा विभिन्न समूहका कुल ५० समूहले सहासिक खेल प्रस्तुत गरेका थिए । प्रथम मेयर कप तथा दोस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समुह प्रतियोगिता-२०२२ सफलतापुर्बक समपन्न भएकाले आयोजक टीम निकै हर्षित भएको प्रतिस्पर्धी खेलाडीहरुले प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्