डा. सदानन्द कडेलको शब्दमा संगीतकार प्रमोद पन्तको संगीत सृजना बजारमा आयो



काठमाडौं,फागुन २९ । डा. सदानन्द कडेलको शब्दमा संगीतकार प्रमोद पन्तको संगीत सृजना साथै सन्दिप परियार र मेनुका परियारको स्वरमा रहेको “रस छ फूलैमा” बोलको गीत सार्वजनिक भएको छ ।

रिदम कंडेलको एरेन्ज र अशोक महर्जनको मिक्सिङ रहेको गीतलाई कुमार केसिले रेकर्ड गरेका हुन् ।

युवायुवती बीचको प्रेम प्रसंगलाई दर्साइएको गीतमा सुरज श्रेष्ठ र निहारिका थापाको अभिनय देख्न सकिन्छ । गीतको भिडियो पीपीएम क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । मिलन श्रेष्ठको निर्देशन रहेको भिडियोलाई सन्तोष तिमल्सिना र विपीन चौलागाइँले खिचेका हुन् भने रोशन धितालले सम्पादन गरेका हुन् ।

भिडियो लिंक:

प्रतिक्रिया दिनुहोस्