पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप प्यूठानमा सुरु



प्युठान,चैत ५ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ प्यूठानको आयोजनामा पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप–२०७८ शनिबारबाट सुरु भएको छ ।

माण्डवी गाउँपालिका–५ स्थित खेलकुद मैदानमा पूर्व ग्रामीण तथा सहरी विकासमन्त्री एवं लुम्विनी प्रदेश सभा सदस्य हरि प्रसाद रिजालले प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै रिजालले खेलक्षेत्रमा प्रतियोगिताले उल्लेखनीय योगदान पु¥याउने बताउनुभयो । खेलले राष्ट्र निर्माणमा टेवा पुग्ने रिजालको भनाई छ ।

उद्घाटन समारोहमा खेलाडी तथा विद्यार्थीहरुले मार्चपास तथा झाँकी प्रदर्शन गरेका थिए । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरूष र महिलातर्फ १० तौल समूहमा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक टेकराज केसीले जानकारी दिनुभयो ।

त्यस्तै सेल्फ डिफेन्स, डेमोस्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिस्पर्धा हुनेछ। उहाका अनुसार प्युठान जिल्लामा पहिलोपटक राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सात प्रदेश र नेपाल पुलिस क्लवका विद्यार्थी सहित आठ टिमको सहभागिता रहने नेपाल मार्सल आर्टस हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालि बहादुर घर्तिमगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्