नुवाकोट पञ्चकन्यामा सडक नाटक प्रदर्शन



नुवाकोट,चैत ८ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका विभिन्न विद्यालयमा सडक नाटक प्रदर्शन गरिएको छ ।

पञ्चकन्या गाउँपालिकाकाे आयाेजना तथा आदिइत्यादि नामक संस्थाको प्रस्तुति रहेको सो सडक नाटक प्रदर्शन गरिएको हो । नाटक गाउँपलिकाको १० वटै माध्यमिक विद्यालय मा प्रदर्शन गरिने संस्थाका पुरु लम्सालले बताए ।

आइतबारदेखि सुरु भएको नाटकमा स्थानीयले विकास निर्माणका क्रममा उपभोक्ता समिति गठन, यसकाे काम कर्तव्य र अधिकार लगायत विषयवस्तुमा सबैले चासो राख्नुपर्ने दृष्टान्त प्रस्तुत गरिएको संस्थाले जनाएको छ ।

पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक छिनोफानोमा सुशीलसिंह ठकुरी, सालिक भण्डारी, रिता थापा, शान्ति भट्टराई, दीपमाला परियार, अमृता श्रेष्ठ र रमण थामीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्