सर्वोत्कृष्ट भिडियो छायाँकारमा नुवाकोटका नमराज घिमिरे



नुवाकोट,चैत ८ । सर्वोत्कृष्ट भिडियो छायाँकारमा नुवाकोटका नमराज घिमिरे पुरस्कृत भएका छन् । घिमिरेको स्थायी ठेगाना नुवाकोट लिखु गाउँपालिका-४ बगैँचा रहेको छ ।

शनिबार भएको दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्डको सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार विधामा उनी पुरस्कृत भएका हुन् । उनले छायांकन गरेको “सुहाउँदैन ओठमा हाँसो” बोलको गीतको म्युजिक भिडियोबाट पुरस्कृत भएका हुन् ।

उनले दुई दर्जनभन्दा बढी म्युजिक भिडिओहरु छायांकन गरिसकेका छन् । उनी बक्स अफिस दशैं तिहार, तेस्रो एपिक अवार्डलगायतका अवार्डबाट यसअघि पुरस्कृत भएका थिए ।

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधामा अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्