मुग्लिन नजिकै नाग्दिखोलामा बेवारिसे अवस्थामा महिलाको शव भेटियो



मुग्लिन, चैत १३ । मुग्लिन नजिकै नाग्दिखोलामा बेवारिसे अवस्थामा महिलाको शव भेटिएको छ । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन नजिकै नजिकै नाग्दिखोलामा एक महिलाको शव फेला परेको हो । बेवारिसे अवस्थामा महिलाको मृत शव फेला परेको प्रहरीले जनाएको छ । 

मृतक महिलाको परिचय भने नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटनास्थल मुचुल्का लगाएतको प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरी शव परीक्षणका लागी भरतपुर अस्पतालमा राखिएको छ ।

नाम थर नखुलेको हुनाले प्रहरीले उक्त हुलिया फोटो सहितको शव कोहि कसैको आफन्त वा चिनजानको मानिस भएमा जिल्ला प्रहरी कार्याल चितवनमा सम्पर्क राख्न हुन समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्