सुनको मूल्य एकैदिन १३ हजार ३ सय रुपैयाँले बढ्यो, तोलाको २ लाख ८८ हजार ९ सय पुग्यो
काठमाडौं,कात्तिक १९ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो।
मूल्यवृद्धिसँगै आज सुन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बिहीबार बढेको छ। चाँदी प्रतितोला २ सय ६५ रुपैयाँले वृद्धि हुँदै ३ हजार ९ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

