कृषि गणनाको सचेतना गोष्ठि नुवाकोटमा
नुवाकोट,चैत १३ । राष्ट्रिय कृषि गणना कार्यक्रमको तयारी नुवाकोटमा अगाडि बढेको छ ।
हाल सुपरिवेक्षक र गणक करारमा छनौट गर्ने काम भैरहेको कृषि गणना कार्यालय नुवाकोटले जनाएको छ । कृषि गणनाको तयारी स्वरुपमा कार्यालयले जिल्ला स्तरीय कृषि गणना सचेतना गोष्ठि सञ्चालन गरेको छ ।
कृषि गणनाको लागी आवश्यक सरोकारवाला निकायसँगै छलफल गर्दै राष्ट्रिय कार्यक्रमलाई प्रभाबाकरी रुपमा जिल्लामा सञ्चालन गर्न छलफल आयोजना गरेको कार्यालयले जनाएको छ । नेपालमा वि.सं.२०१८ सालदेखि हरेक १० वर्षमा कृषि गणना हुँदे आएको छ । राष्ट्रिय जनगणना पछि प्रत्येक पटक कृषि गणना हुँदै आएको छ । कृषि गणना आगामी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सञ्चालन हुने जिल्ला कृषि गणना कार्यालय नुवाकोटले जनाएको छ ।