नुवाकोटमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान जारी



नुवाकोट,चैत १३ । नेपाली कांग्रेस नुवाकोटले स्थानीय निर्वाचन २०७९ लक्षित  गरी जिल्लाका सबै वडामा चुनावी अभियान सञ्चालन गरिहेको छ ।  जिल्लाका १२ वटा पालिकाका ८८ वटै वडामा अभियान सञ्चालन गरिएको हो ।
 

जिल्ला सभपाति रमेश महतको अनुसार जिल्लाबाट खटिएका प्रतिनिधिको उपस्थितिमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन भइरहेको छ । अभियान अन्तर्गत वडा कार्यालय उद्घाटनदेखि घरदैलोसम्मका विभिन्न कार्यक्रम गरिएको छ । पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमितिका सदस्य, प्रदेश प्रतिनिधि र केही बौद्धिक क्षमता भएका पार्टीका बुद्धिजीवीहरूलाई खटाइएको छ । उनीहरुले घरदैलोसँगै वडामा पार्टीको अवस्थाबारेमा पनि अध्ययन गर्ने छन् ।
 

पार्टीले गत फागुन २९ गते जिल्लामा अभियान सुरु गरेको थियो । अभियान अन्तर्गत चैत्र १९ गते पालिका स्तरिय कार्यक्रम, चैत्र २६ गते प्रदेशसभा स्तरिय कार्यक्रम, चैत २८ गते समिक्षा बैठक तथा प्रतिवेदन प्रस्तुत गरिने तथा चैत्र २९ गते अभियान समापन कार्यक्रम रहेको बताइएको छ ।  २०७४ को स्थानिय तहको निर्बाचनमा १२ पालिका मध्ये जिल्लाको ७ वटा पालिका जितेको थियो ।

स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्