बालिका करणी गरेको आरोपमा प्यूठानका एक जना युवक पक्राउ



प्युठान,चैत १४ । बालिका जबरजस्ती करणीको आरोपमा पाल्पा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान झिमरुक गाउँपालिका–६ घर भएका २५ वर्षीय प्रेम पुन मगर रहेका छन् ।

आईतवार वेलुकी तीन वर्षीया बालिकामाथि जवरजस्ती करणी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पुनलाई पाल्पाको तिनाउ गाउँपालिका–५ बाट सोमवार साँझ पक्राउ गरिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्