गोरखामा १५० कुकुरको बन्ध्याकरण
गोरखा,चैत १४ । गोरखाको गण्डकी गाँउपालिकामा कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको आयोजना तथा गण्डकी गाउँपालिका पशु सेवा शाखा र भ्याली एनिमल क्लिनिकको प्राविधिक सहयोगमा एक दिने सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज रोग नियन्त्रण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा १ सय ५० ओटा कुकुरको बन्ध्याकरण गरिएको पशुसेवा प्राविधिक अन्जन रेग्मीले बताए । कुकुरको संख्या अत्याधिक बढि भएकोले सन्तान उत्पादनमा कमि ल्याउन र रेविज रोग नियन्त्रणको लागि कार्यक्रम गरिएको उनले बताए ।
कुकुरलाई रेविज, किर्ना, उपियाको सुई पनि लगाईएको थियो । गोरखा जिल्लामै कुकुरलाई बन्ध्याकरण गरिएको यो पहिलो पटक हो । कार्यक्रमा केन्द्रिय पशु चिकित्सक अस्पतालका डाक्टर अर्जुन अर्याल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख शर्मिला कुवर, भ्याली एनिमल क्लिनिकका डाक्टर नविन श्रेष्ठ, गण्डकी गाउँपालिकाको पशु शाखा प्रमुख डाक्टर हरि पन्तको उपस्थिती रहेको थियो ।