सुनको मूल्य घट्यो



काठमाडौं, चैत १५ । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो एक लाख ५ सयमा कारोबार भएकोमा सुन्को मूल्य आज तोलामा १३ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ पुगेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

हिजो चाँदीको मूल्य प्रतितोला १३८० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३७० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्