तुलसीपुरमा वीरेन्द्रको शालिक पुनर्स्थापना



दाङ,चैत १५ । तुलसीपुरमा तत्कालिन राजा वीरेन्द्र शाहको शालिक पुनर्स्थापना गरिएको छ ।

२०६२/०६३ सालकाे आन्दोलनका क्रममा तुलसीपुरको वीरेन्द्रचोकमा रहेको शालिक नेकपा माओवादीले तोडफोड गरेका थिए। झण्डै १५ वर्ष पछि सोमबार पुन: वीरेन्द्रको सालिक स्थापना गरिएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नंवर ५ का अध्यक्ष वीरेन्द्रकुमार शाहले भावी सन्ततिलाई इतिहास देखाउनका लागि शालिक स्थापना गरिएको जानकारी दिए ।

वडाध्यक्ष शाहले सहयोगी र व्यक्तिगत ३ लाख बराबरको खर्चमा शालिक बनाएको बताए । उनले भने, ‘मेटिएको इतिहासलाई बचाउने प्रयास गरिएको हो।’

प्रतिक्रिया दिनुहोस्