विभिन्न प्रयोजनले राखिएको हातहतियार बुझाउन जिल्ला प्रशासन नुवाकोटको अनुरोध
नुवाकोट,चैत १५ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले विभिन्न प्रयोजनका लागि जिल्ला भित्र रहेका हातहतियार बुझाउन अनुरोध गरेको छ ।
गृह मन्त्रालयले विविध प्रयोजनले जिल्ला भित्र दिइएको हातहतियार स्थानीय निर्वाचन नजिकिदै गएकाले प्रशासनमा बुझाउनु र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सहयोग गरिदिन अनुरोध गरिएको जनाएको बताइएको छ ।
चुनाव सम्पन्न भएपछि सो हातहतियार सम्बन्धित ब्यक्तिलाई फिर्ता गरिने पत्रमा बताइएको छ ।