एउटै मोटरसाईकलमा सवार चार बालकको दुर्घटनामा मृत्यु



जनकपुर,चैत १५ । धनुषामा हिजो साँझ एउटै मोटरसाईकलमा सवार चाल जना बालकको दुर्घटनामा परी मृत्यु भएको छ । दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

धनुषाको सवैला नगरपालिका–१२ रघुनाथपुरको नहरचौकदेखि बरकुर्वाको बिच सडकखण्डमा सो दुर्घटना भएको प्रहरीको भनाई छ ।

मृत्यु हुनेमा सबैला वडा नं. २ बस्ने वर्ष १२ का लक्ष्मी यादव, मोटरसाइकल चालक वर्ष १५ का राहुल यादव, वर्ष १४ का सुमित यादव र वर्ष १२ का बौका यादव रहेका छन् । उनीहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका थिए ।

साथै दुर्घटनामा परी सोहि वडाका वर्ष १९ का सुरेन्द्र यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । एकजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्