टोखा नगरपालिका वडा नं. ११ को प्रशासनिक भवन उद्घाटन
काठमाडौँ, २०७८ चैत १५ । टोखा नगरपालिका वडा नम्बर ११ को प्रशासनिक भवनको नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमकाबीच समुद्घाटन गरेका छन् । टोखा नगरपालिका वडा नम्बर ११ को आयोजनामा भएको उद्घाटन कार्यक्रमको अध्यक्षता सोही वडाका वडा अध्यक्ष उत्तम अधिकारीले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेयर अधिकारीले आफ्नो पाँच वर्षे कार्यकालमा कसैको रङ्ग, वर्ण, वाद र राजनीतिक आस्थालाई नहेरी केबल टोखा नगरको समृद्धिलाई मात्र हेरेर काम गरेको बताए । आफू नगर परिषद दुईतिहाइको बहुमत प्राप्त मेयर भएपनि राजनीतिक आस्थाकै आधारमा कुनै पनि वडालाई विकास, निर्माण र समृद्धिको दिशामा काखापाखा नगरेको भन्दै प्रमुख अधिकारीले समग्र विकासको पक्षमा ९० प्रतिशत बढी काम भएको बताउनुभयो । अबको पाँच वर्षमा धूलोरहित टोखा बनाउने योजना अनुसार काम भइरहेको छ, भन्नुहुँदै यो कार्यकालमा नगरवासीले गर्व गर्ने र सम्मानित महसुस हुनेगरी आपूmले कामको र अब आउने निर्वाचनमा पनि जनताले विश्वास गरेछन् भने त्यो विश्वास र भरोसालाई सधैं आत्मसाथ गरेर काम गर्ने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष उत्तम अधिकारीले पाँच वर्षको यो अवधिमा आपूmले गरेका स्वास्थ्य, शिक्षा, खानेपानी, ढलनिर्माण, सडक–बाटो मर्मत, सुधार तथा नव निर्माण, पार्क निर्माण, भवन निर्माणलगायतका समग्र कामहरूका बारेमा बताउँदै जनताको हीत र वडाको विकासको लागि आफुले निरन्तर संघर्ष गरेर काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष दीपकराज जोशी र वडा नं. ११ की वडा सदस्य पूलमाया विश्वकर्माले
पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । वडा नं. ११ का सदस्य मनोज भण्डारीले कार्यक्रमको सञ्चालन गर्दै अन्तिममा धन्यवादसहित सभापतिको आज्ञाले कार्यक्रमको समापन गर्नुभएको थियो । उद्घाटन समारोहमा वडालाई विभिन्न समयमा विविध क्षेत्रबाट सहयोग गर्नुहुने व्यक्ति तथा संस्थाहरूलाई सम्मानित गरिएको थियो ।