सुविधा सम्पन्न फुटबल मैदान बनाउदै तानसेन नगरपालिका



पाल्पा,चैत १६ । पाल्पामा सुविधा सम्पन्न फुटबल मैदान बन्ने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको’एक स्थानीय तह एक खेलकुद पूर्वाधार’ कार्यक्रम अन्तर्गत तानसेन नगरपालिकाले तानसेन नगरपालिका वडा नं ६ कुन्सरे स्थित बगालेमा सुविधा सम्पन्न खेलमैदान निर्माण गर्न लागेको हो । ट्रयाक रुट सहितको फुटबल मैदान, स्विमिङ पुल, इन्डोर खेल खेल्न मिल्ने खेलकुद पूर्वाधार निर्माण गर्न तानसेन नगरपालिकाले माग गरेको र युवा तथा खेलकुद मन्त्रालयबाट स्वीकृत भएको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो ।

सुविधा सम्पन्न खेल मैदानका लागी यस आर्थिक वर्षमा ९० लाख रुपैया बिनियोजन भएको नगरप्रमुख शाहीले बताउनुभयो । खेलमैदान निर्माण योजनाको लागत तिन करोड सत्तरी लाख पन्चासी हजार रुपैंया रहेको छ । योजना सम्पन्न गर्न तानसेन नगरपालिकाले ६० प्रतिशत साझेदारीमा पूर्वाधार निर्माण गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्