नेपाल पत्रकार महासंघको स्थापना दिबसमा रक्तदान



प्युठान,चैत १६ । नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिबस बुधबार प्यूठान सहित देशभरी बिभिन्न कार्यक्रम को आयोजना गरेर मनाईएको छ । स्थापना दिबशको अबसर पारेर नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले प्रभात फेरि तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्यूठान नगरपालिका ४ जुम्रिबाट विजुवारको मित्रमणी चोक हुदै जिल्ला अस्पताल प्यूठानसम्म प्रभात फेरी गरिएको हो । प्रभातफेरीलाई जिल्ला अस्पताल प्यूठानको प्राङगणमा कोण सभा र रक्तदान गर्दै कार्यक्रम सकिएको हो । नेपाल पत्रकार महासंघको निर्देशन अनुसार नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको आयोजनामा उक्त कार्यक्रमको गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजालले बताएका छन ।

कोण सभालाई नेपाल पत्रकार महासंघ प्यूठानका सस्थापक सदस्य खुम बहादुर थापा , नेपाल पत्रकार महासंघ प्यूठानका पूर्व अध्यक्ष इमानसिंह भारती , गीरु पैसाद भण्डारी र वर्तमान अध्यक्ष रिजालले शुभकामना ब्यक्त गरेका थिए । सोहि कार्यक्रमको अबसरमा पत्रकार सञ्जय रिजाल , कमल बिक, विमल प्रसाद पोख्रेल, शशिधर भण्डारी,राजेन्द्र रावत क्षेत्री, बाबुराम उपाध्याय, तेजेन्द्र बि एमले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्