मलेसिया नेपालसँग ६ विकेटले पराजित



काठमाडौं,चैत १६ । त्रिकोणात्मक टी–२० श्रृंखलामा मलेसिया नेपालसँग पराजित भएको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले अर्धसतक बनाउन सफल भएका थिए । आसिफले ५७ रन बनाएपछि मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले सहजै पार गर्न सफल भएको थियो ।

आसिफले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गरे । टी–२० मा डेब्यू गरेका दिलिप नाथले ७ बलमा ३ चौका बनाउँदै अविजित १५ रन बनाएका थिए । यसअघिको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्