प्युठानमा ८२ घरधुरीलाई लालपूर्जा वितरण



कपिलवस्तु,चैत १६ । जिल्लाको शुद्धोधन गाउँपालिका – ६, का ८२ घरधुरीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ । लामो समयदेखि गाउँ ब्लक समस्यामा रहेर दर्ता प्रमाण पुर्जा नपाएकालाई  बुधबार लालपुर्जा वितरण गरिएको हो।

भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले लवनीमा आयोजित कार्यक्रममा लालपुर्जा वितरण  गर्दै वर्तमान सरकार संविधानको रक्षा गर्न र संविधानमा भएका व्यवस्था अनुसार काम गर्न बनेको बताइन् । साथै उनले कर्मचारीहरू र जनप्रतिनिधि मिलेर नतिजामा आधारित भएर काम गर्नु पर्ने बताइन् ।

साथै मन्त्री श्रेष्ठले जनतालाई तत्कालै फाइदा पुग्ने र रोजगारी सिर्जना हुने कार्यक्रमहरु बनाउने र भू उपयोगको सही तरिकाले सदुपयोग गर्न सक्ने नीति आवश्यक भएको बताइन् । कार्यक्रममा मन्त्रालयका सचिव राम प्रसाद थपलियाले कर्मचारीहरूले छिटो छरितो सेवा प्रवाह र जनताको मन जित्ने गरि काम गर्न आग्रह गरे ।

साथै कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अंहमद खांले विगत २०२१ साल देखीको गाउंब्लक समस्या भर्खर समस्या समाधान हुन लागेको बताए । एक गाउँ र वडा नभई १ वर्ष भरी सबै पालिका र जिल्लाबाट यो समस्या समाधान गर्न आग्रह गरे । साथै सुकुम्वासीका समस्या पनि सरकारले तत्काल समाधान गर्नु पर्ने बताए । कपिलवस्तुमा २०२६ साल वाट सूरु गरिएको गाउब्लक जग्गा २०२८ मा सामान्य नापी गरिएको थियो । त्यसपछि २०६५ वाट यसले निरन्तरता पाएको हो । हाल सम्म जिल्लामा सविकका ८१ गाविसवाट १ हजार ९३ गाउंब्लक र ६७ बजार ब्लक रहेको छ । हाल सम्म १०८६ गाउंब्लकको नापनक्सा कार्य सम्पन्न भएको छ भने २५९ वटा गाउंब्ललको ६७६८ थान पुर्जा वितरण कार्य सम्पन्न भएको जिल्ला नापी कार्यालयमा प्रमुख कैलाशनाथ पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्