भोलि हुने हेरिटेज रिङ रेस्लिङको तयारी पूरा, नुवाकोटे टाइगरसहित १ दर्जन खेलाडी भिड्दै



काठमाडौं,चैत १८ ।  प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी भएको आयोजक नेपाल रिङ रेस्लिङ संघले जनाएको छ । च्याम्पियनसिप भोलि शनिबार काठमाडौंको बसन्तपुर डबलीमा हुने संघले जनाएको छ ।

च्याम्पियनसिपका लागि काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको सहयोग रहेको संघले यसअघि नै पत्रकार सम्मेलन गरेर जानकारी समेत दिई सकेको छ । प्रतियोगितामा झण्डै १५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।

च्याम्पियनसिपमा नुवाकोटे टाईगर, चट्टान, डेभिड, साईन, टुप्पी ग्याङ, लेडी एन्जल, तन्नु, सिजे, एससी, जोन, बाका, आकृति, योङ श्याडी, स्पाइंडर म्यान लगायत महिला तथा पुरुष खेलाडीहरुको प्रतिस्पर्धा रहनेछ । प्रतियोगितामा विजेताले नगदसहित सम्मानपत्र पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्