मेस्सी र रोनाल्डोलाई विश्वकप जित्ने अन्तिम मौका



एजेन्सी, चैत १८ । कतार विश्वकप विश्वका उत्कृष्ट फुटबल खेलाडीद्वय मेस्सी र रोनाल्डोका लागि अन्तिम विश्वकप हुनसक्छ । २१औं शताब्दीका मात्र नभई फुटबल इतिहासका उत्कृष्ट खेलाडीमध्येका दुवैले विश्वकप भने जित्न सकेका छैनन् ।

रोनाल्डोले पोर्चुगलबाट ४ वटा विश्वकप खेलिसकेका छन् । आफ्नो देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीमा उनी किर्तिमान कायम गर्न सफल भइसकेका छन् । तैपनि, उनले विश्वकप जित्न नसक्दा जुन उचाई पाउनुपर्ने हो पाउन सकेका छैनन् ।

३७ वर्षीय रोनाल्डोको सम्भवत यो विश्वकप अन्तिम हुनसक्छ । अर्को विश्वकपमा उनी ४० कटिसकेका हुनेछन् । त्यसपछि उनले सन्यास लिने निश्चित जस्तै छ । रोनाल्डोका लागि पोर्चुगललाई विश्वकप जिताउने अन्तिम अवसर हुनसक्छ ।

मेस्सी गोल मेसिनका रुपमा परिचित छन् । उनले अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्याएपनि जिताउन सकेनन् । मेस्सीका लागि पनि यो विश्वकप अन्तिम हुनसक्छ । मेस्सीले पनि ४ पटक विश्वकप खेलिसकेका छन् । कतारमा खेलेमा उनको पनि पाचौं पटक हुनेछ । ३४ वर्षीय मेस्सी अर्को विश्वकप सम्म ४० को नजिक पुग्नेछन् । यसकारण उनका लागि यो अन्तिम मौका जस्तै हुनसक्छ ।

अर्जेन्टिनाका महान फुटबल खेलाडी डियगो म्याराडोनाले विश्वकप जितेका छन् । १९८६ मा विश्वकप जित्दा उनी आफै कप्तान थिए । १९९० मा फाइनलमा पुगेर अर्जेन्टिना पराजित भएको थियो । मेस्सीले विश्वकप जित्न नसक्दा महान खेलाडीमा राख्न धेरैले स्वीकार्न चाहेका छेनन् । यसकारण उनका लागि यो अन्तिम मौका हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्