हेरिटेज आरडब्लूको हेभी वेट च्याम्पियन बने डेभिड, टाइगर पराजित



काठमाडौं,चैत १९ – प्रथम हेरिटेज रिङ रेस्लिङ (आरडब्लू) राष्ट्रिय च्याम्पियनसिप अन्तर्गतको हेभी वेटतर्फ डेभिड च्याम्पियन बनेका छन् । शनिबार काठमाडौंस्थित बसन्तपुर डबलीमा भएको हेभीवेट भिडन्तमा डेभिडले नुवाकोटे टाइगरलाई पराजित गरेका हुन् ।

डेभिडले हेभी वेट बेल्टसँगै १ लाख ५ हजार रुपैयासहित प्रसंशापत्र हात पारे । मिडल वेट च्याम्पियन बनेका नुवाकोटे टाइगरले ८५ हजार रुपैयाँ प्राप्त गरे । सोही विधामा अघिल्लो पटकको च्याम्पियन चट्टान तेस्रो बने । तेस्रो स्थानको लागि हुने प्रतिस्पर्धामा साइन घाइते भएर खेल्न नसक्ने भएपछि रेफ्रीले उनलाई चट्टानलाई स्वत विजय बने । हाडकोर च्याम्पियन चट्टानले ७५ हजार रुपैयाँ पाए ।

नुवाकोटे टाइगरले चट्टानलाई तथा डेभिडले साइनलाई पराजित गर्दै फाइनलको भिडन्त तय गरेका थिए । ट्याग टिममा योङ स्याडी र सिजे वल्डको जोडीले स्पाइडर म्यानलाई पराजित गर्दै च्याम्पियन बने । ट्याग टिम च्याम्पियन जोडीले ९५ हजार रुपैया हात पार्यो । निकै नै रोमाञ्चक बनेको लाईट वेट फिमेलमा तन्नुलाई पराजित गर्दै आकृति च्याम्पियन बनिन् । च्याम्पियन आकृतिले ६५ हजार रुपैयाँ हात पारिन् । पछिल्लो समय नेपाली खेलकुद जगतमा प्रोत्साहन पाउदै गरेको रिङ रेस्लिङ खेलमा दर्शकको मन जित्दै गइरहेको छ । अर्को प्रतियोगिता नुवाकोटस्थित दुप्चेश्वरमा हुने रिङ रेस्लिङ संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्