नुवाकोट दुप्चेश्वरमा नयाँ वर्षमा रेस्लिङ भिडन्त हुने



नुवाकोट,चैत २१ । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा नव वर्ष २०७९ को दिन रेस्लिङ भिडन्त हुने भएको छ ।

नेपाल रिङ्ग रेस्लिङ संघ, नुवाकोट जिल्ला खेलकुद संघ, दुप्चेश्वर गाउँपालिका खेलकुद शाखाको संयुक्त आयोजनामा सो प्रतियोगिता हुन लागेको प्रमुख प्रशिक्षक समेत रहेका कमल लामा उर्फ नुवाकोटे टाइगरले जनाएका छन् ।

खेल प्रेमी र स्थानीयको उल्लेख्य उपस्थिति गराउन प्रचारप्रसार का लागि काठमाडौस्थित काठमाडौ मलमा मंगलबार पत्रकार सम्मेलनको समेत आयोजना गरिने लामाले बताए ।

सेकेन्ड आरडब्लु समर स्लाम अन्तर्गत हुने प्रतियोगितामा नुवाकोटे टाईगर, चटान, डेभिड, साईन, टुप्पी ग्याङ, लेडी एन्जल, तन्नु, सिजे, एससी, जोन, बाका, आकृति, योङ श्याडी, स्पाइंडर म्यान लगायत महिला तथा पुरुष खेलाडीहरुको प्रतिस्पर्धा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्