पुलिसले जित्यो महिला बिच भलिबलको उपाधि



पाल्पा,चैत २६ । पाल्पामा आयोजीत संजय स्मृति राष्ट्रिय स्तरको महिला बिच भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । रानीमहलमा शनिवार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २१–८ र २१–१७ ले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

नेपाल पुलिसका कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशको भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेको हो ।

उपाधिसँगै पुलिसले १ लाख नगद प्राप्त गरेको छ । उपविजेता लुम्बिनीले ५० हजार प्राप्त गरेको छ ।

सञ्जय स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा २ विभागीय टोली पुलिस, एपीएफ र सात प्रदेशको टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्