गीतकार एचके धितालको नयाँ गीत सार्वजनिक



काठमाडौं,चैत ३० । चर्चित गीतकार एचके धितालको नयाँ गीत सार्वजनिक भएको छ । प्रकृति जीवन भोगाइ र प्रेम सम्बन्धि अत्यन्त कर्णप्रिय गीत लेख्दै आएका गीतकार धितालको नयाँ गीत सार्वजनिक भएको हो ।

पछिल्लो समय चर्चामा रहेका सङ्गीतकार प्रमोद पन्तको सङ्गीत र दिलिप लामाको स्वर रहेको सो गीत श्रोता माझ ज्यादा रुचाइएको छ ।

प्राकृतिक सौन्दर्यका दृश्यहरु समेटेर तयार गरिएको गीतको लिरिकल भिडियो पिपिएम क्रियसन युट्युब च्यानलबाट सार्वजनिक भएको छ । जीवनमा आइपर्ने हर दु:खसुख सामना गर्नु नै वास्तविक जीवन रहेको भाव गीतमा पाउन सकिन्छ ।

अत्यन्त रुचाइएको सो गीत यहाँ सुन्नुहोस:-

प्रतिक्रिया दिनुहोस्