नुवाकोट लिखुमा शिक्षक अभिमुखिकरण तालिम सुरु



नुवाकोट,वैशाख ३ । जिल्लाको लिखु गाउँपालिकामा शिक्षक अभिमुखिकरण तालिम सुरु भएको छ ।

परिवर्तित समयसंगै आधारभूत तहका कक्षाकोठा ब्यवस्थापन तथा बालबालिकाको शैक्षिक अभिलेख सुधारका लागि आवश्यक तालिम दिइएको हो ।

लिखु गाउँपालिकाका विभिन्न विद्यालयका एक प्राथमिक विद्यालय, दुई/दुई जना शिक्षकलाई तालीम प्रदान गरिएको हो ।

तालिममा शैक्षिक बिकास केन्द्र नुवाकोटका हरिप्रसाद नेपालले सहजीकरण गरेका छन् । शनिबारदेखि सुरु भएको तालिम आइतबार सम्पन्न हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्