गायिका मञ्जु पौडेलको ‘जन्म दिन’ सार्बजनिक



गुल्मी,वैशाख ३ । उत्कृष्ट कार्यक्रम उद्घोषिका, लोक तथा दोहोरी गायिका मञ्जु पौडेलले जन्म दिनको शुभकामना बोलको गीत सार्बजनिक गरेकी छन् । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएको चौथो गुल्मी महोत्सवमा उनले उक्त गीत आफैले गाएर सार्बजनिक गरेकी हुन् ।

महोत्सवको नबौं दिनको कार्यक्रममा अतिथि कलाकारको रुपमा रहेकी पौडेलले पहिलो पटक आफ्नै जिल्लाबाट नयाँ गीत गाएर सार्बजनिक गरेकी हुन् । बिशेष गरि जन्म दिनको शुभकामना दिनका लािग यो गीत तयार भएको उनले बताइन् ।
आफनै जन्म जिल्लाबाट पहिलो पटक यो गीत गाएर सार्बजनिक गरेको बताइन् । उनले यो गीतलाई पनि सबैले मन पराउने बताइन् ।

जन्म दिनको शुभकामना दिनका लागि नेपाली गीत कमै रहेका छन् । बिमल गौतमको लय शब्द रहेको गीतमा गायिका पौडेलको सुमधुर स्वरले सजिएको छ । महोत्सवको नाबौं दिनको अतिथि कलाकारको रुपमा गायिक पौडेलसँगै पुस्कल शर्मा, कमल खत्री आपिल खान, शान्ता रानी परियार, राशि रिजाल लगायतका कलाकारहरुले प्रस्तुती राखेका थिए । शनिवार बिदाको दिन भएकाले पनि करिव ९ हजार दर्शकलले मेला अबलोकन गरेका थिए ।

मेलामा मुख्य आकर्षकको रुपमा गायिका मञ्जु पौडेल, पुस्कल शर्मा, कमल खत्री आलिप खान, शान्ता रानी परियार, राशि रिजाल लगायतकार रहेका थिए । बिशेष गरेका मञ्जु, पुस्कल, कमल आलिप खान मुख्य आकर्षणमा थिए । चैत २५ गतेबाट सुरु भएको महोत्सव बैशाख ६ गतेसम्म चल्ने भएको छ । यस अघि बैशाख ४ गते समापन हुने भनिएको महोत्सवको बैशाख ५ गते समय थपेर ६ गते समापन गरिने कार्यक्रम रहेको गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष इश्वरी प्रसाद पौडेलले बताए ।

महोत्सवको १० औं दिनको मुख्य आकर्षणमा बोमबहादुर कार्की, मञ्जु पौडेल, एलीना चौहान, महोन्द्र भण्डारी, मुना मगर, रितु थापा, नन्दु परियार, रामकुमार बिष्ट लगायतका कालाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्