एसईईकाे परीक्षा शुक्रबारदेखि



काठमाडौं,वैशाख ५ । एसईईकाे परीक्षा शुक्रबारदेखि हुने भएको छ । गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । एसईई वैशाख ९ गतेबाट  सुरु हुँदैछ । 

यसअघि कोभिड–१९ को सङ्क्रमण बढेपछि दुई पटक एसईई आन्तरिक मूल्याङ्कनबाटै सम्पन्न गरिएको थियो । राष्ट्रिय परीक्षाबोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) अर्जुनबहादुुर रायमाझीका अनुसार अहिले जिल्ला स्तरमा परीक्षाका केन्द्राध्यक्षलाई अभिमुखीकरण दिने कार्य भइरहेको छ ।

यस वर्ष परीक्षाका लागि १२० वटा केन्द्र तोकिएको छ । सबैभन्दा कम केन्द्र मनाङमा छन् । मनाङमा एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । यस वर्ष पाँच लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन्, जसमा नियमिततर्फ चार लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्