लिखुमा शिक्षक अभिमुखिकरण तालिम सम्पन्न



नुवाकोट,वैशाख ७ । जिल्लाको लिखु गाउँपालिकाका शिक्षकहरुको दुई दिने अभिमुखिकरण तालीम सम्पन्न भएको छ ।

शनिबारदेखि क्षेत्रपाल नमूना माध्यमिक विद्यालयमा भएको शिक्षकहरुको अभिमुखिकरण तालिममा विभिन्न विद्यालयका ३३ जना शिक्षकहरुको सहभागिता रहेको थियोे ।

तालीममा पछिल्लो समय बढ्दै गएको प्रविधिमैत्री सिकाइलाई सबै शिक्षकले स्वीकार गर्नुपर्ने सहभागीहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्