आजबाट एसईई, असार मसान्तभित्र नतिजा सार्वजनिक हुने



काठमाडौं, बैशाख ९। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ आजबाट शुरू भएको छ । यो वर्ष २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ९ सय ७७ विद्यार्थी सहभागी हुँदैछन् ।

एसईई दिने छात्राको संख्या छात्रको भन्दा ८ सय ७१ ले बढी छ । कुल परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ५७ हजार ९ सय २४ छ भने छात्रको संख्या २ लाख ५७ हजार ५३ रहेको छ । त्यस्तै, परीक्षामा प्राविधिक समूहमा ४२ विषय समावेश छन् भने प्राविधिक धारका विद्यार्थीको संख्या १४ हजार ५ सय ६४ छ ।

ग्रेडवृद्धि परीक्षामा ११ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले करिब ११ हजार ६ सय १५ विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको र तीमध्ये २ सय ९९ प्राविधिक धारका विद्यालय रहेको जानकारी दिएका छन् । सबैभन्दा बढी काठमाडौमा १ हजार ३ सय विद्यालय रहेकोमा १ सय २४ केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्