गणेशबहादुर स्‍मृति फुटबल : एभरेष्ट, सौराहा र पदमपोखरीको विजयी सुरुवात



चितवन,वैशाख १८। भरतपुरमा जारी स्वर्गीय गणेशबहादुर स्‍मृति जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगितामा सेन्ट्रल कलेज एभरेष्ट क्लबले कमब्याक जित हात पारेको छ ।

आज (आइतबार) को पहिलो खेलमा एभरेष्टले कैलाश युथ क्लबविरुद्ध २-१ को कमब्याक जित निकालेको हो । एभरेष्टको जितमा आशिश गजुरेल र हार्दिक भण्डारीले गोल गरे । कैलाशका एनिश तमाङले एक गोल गरे । खेलमा अग्रता भने कैलाशले लिएको थियो । पहिलो हाफको २३ औं मिनेटमा एनिश तामाङले गोल गर्दै कैलाशलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलले पछि परेको एभरेष्ट दोस्रो हाफमा भने खेलमा फर्कियो । दोस्रो हाफको १२ औं मिनेटमा आशिश गजुरेलले एभरेष्टका लागि बराबरी गोल फर्काए । लगत्तै १४ औं मिनेटमा हार्दिक भण्डारीले गोल गरेपछि एभरेष्ट २-१ ले विजयी भयो । एभरेष्टका आशिश म्यान अफ दि म्याच भए ।

आजकै दोस्रो खेलमा सौराहा युवा समाजसँग केबिए ग्लोबल भरतपुर फुटबल क्लब स्तब्ध भयो । सौराहाले बिएफसीलाई १-० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्