शिक्षक सेवा आयोगले गर्यो माविको नतिजा प्रकाशन



काठमाडौं,वैशाख २४ । शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिको लागि सञ्चालन गरेको सामान्य परीक्षाको नतिजा आज मंगलबार प्रकाशन गरेको छ ।

आयोगले उत्तर पुस्तिका परीक्षण लगायतका सम्पूर्ण काम सकेर आज नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।

आयोगले अन्य परीक्षाको नतिजा प्रकाशनका लागि समेत यथासिघ्र तयारीमा जुटेको छ । नतिजा प्रकाशन गरेको माध्यमिक तहको आयोगको गत चैत १५ गते सञ्चालन गरेको थियोे । सो परीक्षामा १ हजार ५४७ शिक्षक दरबन्दी पदपूर्तिको लागि लिइएको परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्